कोका–कोलाले बजारमा ल्यायो जेरो सुगर ग्लास बोतल

काठमाडौँ । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फेरी प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतल वातावरण–मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रिफ्रेश बनाई राक्छ । कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मिलिको ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताका लागि हरेक परिस्थितीमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताका लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’

कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेसमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्तासँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर उनीको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेसमेन्टको किफायती विकल्प हो । क्यालोरी बिना रिफ्रेसमेन्ट लिन चाहने उपभोक्ताका लागि अत्यन्तै उपयुक्त यो प्याक पुनः प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।’

कोका–कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *