शिलबन्दी गरिदिने महानगरकाे चेतावनीपछि ‘फन पार्क’ले बुझायाे कर

काठमाडौँ । प्रदर्शनीमार्गमा रहेकाे ‘काठमाडौँ फन पार्क’ले कर बुझाएकाे छ ।

काठमाडाैँ महानगरले शिलबन्दी गरिदिने चेतावनी दिई २४ घण्टे ताकेता गरेपछि पार्कले कर बुझाएकाे हाे । पार्कले १७ लाख ३७ हजार कर काठमाडौँ महानगरपालिकालाई बुझाएको महानगरले जनाएकाे छ ।

बुधबार मात्र महानगरले एक सूचना जारी गरेर २४ घण्टाभित्र काठमाडौँ फन पार्कले बुझाउनुपर्ने व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभागमा बुझाउन ताकेता गर्दै पत्र काटेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *