सेयर बजार १ अंकले घट्यो

काठमााडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्ससमेत यस दिन ०.६६ अंकले घटेर ३८३.९३ बिन्दुमा ओर्लिएको छ ।

यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँमा ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर बारोबार भएको छ ।

यस दिन बैंकिङ, टे«डिङ, म्यानुफ्याक्चरिङ, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट र अन्य समूहको समूहगत सूचक घटेका छन् ।

यस दिन ११२ कम्पनीको सेयर मूल्य बढेको छ । ७० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *