प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस धनकुटाबाट थापा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभाको निर्वाचनका लागि धनकुटाबाट सुनिल थापालाई अगाडि सार्ने भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ नेपाली कांग्रेस केन्द्रिय सम्पादन समिति सदस्य तथा पुर्व मन्त्री सुनिलबहादुर थापालाइ सर्वसम्मत रूपमा एकल उम्मेद्वारमा सिफारिस गर्ने निर्णय गरेको हो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा तत्कालिन राप्रपा प्रजातान्त्रिकमा रहेका थापालाई हराउँदै नेकपा एमालेका राजेन्द्र राई प्रतिनिधि सभामा विजयी बनेका थिए ।

सो बेला राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरे भने थापाले थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । थापाले २०७० को निर्वाचनमा भने धनकुटाबाट विजय प्राप्त गरेका थिए। हाल कांग्रेसमा रहेका थापा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पनि हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =