कैलाली-५ मा कांग्रेसले आरजुलाई दोहोर्‍याउने

काठमाडाैँ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई दोहोर्‍याउने निर्णय भएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

बुधबार नेपाली कांग्रेस कैलाली निर्वाचन  क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाएको हो ।  अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन् । विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *