ऋषिपञ्चमी पर्व मनाउँदै हिन्दुनारी (तस्बिरहरू)

काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व हिन्दु धर्मावलम्बी नारीहरूले आज अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी मनाउँदैछन् ।

ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरी दतिवन, गाईको गोबर, माटो र खरानी ले स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ । स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।

हेर्नुहोस् गोकर्णेश्वरमा लिइएका तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *