बुद्धनगरमा छैटौं तलाबाट खसेर २ बालबालिकाको मृत्यु
२०७९ भदौ १५ गते

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन भवनको छैटौं तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेतिर उनीहरूको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र घट्टेकुलो स्थायी घर भएकी १४ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु जनाइएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








