नेपाल बैंकबाट आइपिओ भर्दा अब सि–आस्वा शुल्क नलाग्ने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको छ । आइपिओ भर्दा ग्राहकले तिर्नुपर्ने शुल्क नतिरी यस बैंकबाट ग्राहकले निःशुल्क आवेदन भर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सेवा दिएबापत बैंक तथा वित्तीय स.स्थाले ग्राहकसँग बढीमा ५ रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था समेत गरेको छ ।

नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दैछ।

विगत केही वर्षयता बैंकले छिटो–छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिँदै युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *