समिति सदस्यहरू भन्छन्- ‘जबराले तथ्यगत जवाफ दिएनन्’ (भिडिओसहित)

काठमाडौँ । महाभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तथ्यगत जवाफ नदिएको बताइएको छ ।

कांग्रेसका सांसद तथा महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माका अनुसार जबराले आफूमाथि लागेका आरोपको तथ्यगत जवाफ दिन नसकेको भनाइ छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा जबराले बयान दिएका थिए । निलम्बित प्रधानन्यायाधीश जबरा र समिति सदस्यहरूबीच साढे ३ घण्टा सवाल जवाफ भएको थियो ।

समितिको बैठकपछि कांग्रेस सांसद विश्वकर्माले भने, ‘पहिलो दिन भएको र केही प्रश्नहरू अरु प्रश्नमा जोडिएको, उहाँलाई धेरै कुरा भन्न मन लागेर होला लामो लामो जवाफ दिनुभयो ।, विश्वकर्माले भने, यसरी भयो, यस्तो भयो, यो स्वाभाविक भयो भन्ने जवाफ आएको छ, थप केही छैन् ।’

उनका अनुसार जबराले आफूमाथि महाभियोग लाग्न नहुने बताएका थिए । उनले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पनि सुनाए । सांसदहरूलाई जबराको भूमिका मन नपरेर महाभियोग लागेको जबरालाई आफूविरुद्धको महाभियोग मन नपरेर त्यो निष्क्रिय भएको भनेको मीन विश्वकर्माको भनाइ छ । थियो ।

जबरालाई सोध्न तयार पारिएका ४३ प्रश्नमध्ये पहिलो दिन ४ वटा प्रश्न मात्रै सोधेर जवाफ लिइएको समिति सचिवालयले जानकारी दिएको छ । महाभियोग सिफारिस समितिले बिहीबार ११ बजेदेखि जबरासँग फेरि बयान लिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =