राष्ट्रपतिलाई प्रचण्डले भने – नागरिकता विधेयक ओलीले ल्याएर तपाईंले प्रमाणीकरण गरेको अध्यादेशजस्तै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

माअाेवादी केन्द्रका शीर्ष नेताहरूका साथमा शीतल निवास पुगेका प्रचण्ड र राष्ट्रपतिबिच नागरिकता विधेयकका सन्दर्भमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कुराकानीका क्रममा वैवाहिक अंगीकृत नागरिकता बारेमा राष्ट्रपति र माअाेवादी केन्द्रको धारणा एउटै रहेको बताउँदै प्रचण्डले सो विषयमा राष्ट्रिय सहमति नबनेका कारण विधेयकमा नयाँ व्यवस्था नराखिएको बताएको सचिवालयले जनाएको छ ।

अंगीकृत नागरिकताबारे आफूहरूको धारणा संसद्मै रेकर्ड गराएको बताउँदै प्रचण्डले सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको प्रस्ट पारेका थिए ।

उनले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरू राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएसमेत राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।

त्यस्तै उनले विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको अध्यादेशमा जस्तै व्यवस्थाहरू राखिएको समेत राष्ट्रपतिलाई स्मरण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =