रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौँडामा सम्पन्न

काठमाडौँ । रिलायन्स लाइफ इन्सोरेन्सले भदौ ८ र ९ गते बर्दिबास र हेटाैँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन–रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ ।

उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्जुकेटिभ अफिसर निराजन कँडेलको उपस्थित थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता र सन्दीप कसजु, क्षेत्रीय सहायक प्रबन्धक, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पूर्ण सदस्यहरु उपस्थित थिए ।

कार्यक्रममा प्रेरक प्रशिक्षक मोटिभेशनल स्पिकर बिपि रेग्मीले मन्तब्य राखेका थिए । हरके वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *