गाेकर्णेश्वरकाे फाेहर जलाउने प्रविधि हेर्न पुगे बालेनलगायत मेयरहरू (तस्वीरसहित)
२०७९ भदौ १५ गते

काठमाडाैँ । काठमाडाैँका विभिन्न पालिकाका मेयरहरू गोकर्णेश्वर नगरपालिकाले प्रयोगमा ल्याएको फोहर जलाउने प्रविधिकाे अवलाेकन निरीक्षणका लागि पुगेका छन् ।
फोहर जलाउने प्रविधि इन्सिनरेटर मेसिनको अवलोकन तथा निरीक्षणको काठमाडाैँ महानगरपालिका मेयर, ललितपुर महानगरका मेयर, मध्यपुर ठिमी, कागेश्वरी मनोहरा र दक्षिणकाली नगरपालिकाका प्रमुखहरू पुगेका हुन् ।
कार्यक्रममा गाेकर्णेश्वरका मेयर दीपक कुमार रिसालकाे पनि उपस्थिति रहेकाे थियाे ।
तस्वीरः

तस्वीर : गाेकर्णेश्वर नगरपालिकाकाे फेसबुक पेजबाट साभार ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








