४३ प्रश्नमध्ये ४ वटाकाे जवाफ दिएर फर्किए चाेलेन्द्र

काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संसदीय समितिले साेधेका ४ वटा प्रश्नकाे जवाफ दिएर फर्किएका छन्।

बुधबार महाअभियोग सिफारिस समितिसमक्ष बयान दिन उपस्थित भएका जबराले करिब चार घण्टामा ४ वटा प्रश्नकाे मात्रै जवाफ दिएका हुन् ।

राणालाई भोलि पनि बयानका लागि बोलाइएको समितिले जनाएकाे छ । उनले आज न्यायाधीशकाे महात्वाकांक्षा र राजनीतिक कारणले महाभियाेग लगाइएकाे बताएका छन् ।

त्यस्तै, संसद्काे ढिलाइका कारण कानुनी रूपमा महाभियाेग निष्कृय भइसकेकाे र आफू संसद्काे सम्मानका लागि मात्रै उपस्थित भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *