नेपालकाे बिजुली खरिद–बिक्री गर्न भारतीय दुई कम्पनीबीच समझदारी

काठमाडौँ । पश्चिम सेती र सेती नदी–६ को बिजुली बिक्री गर्न भारतीय दुई कम्पनीबीच समझदारी भएको छ । एनएचपीसी इन्डिया लिमिटेड र पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियाबीच उक्त आयोजनाको विद्युत् खरिद बिक्री गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको लगानी बोर्डले लगानी बोर्डले अघि बढाएको उक्त आयोजना विकास गर्न भारतको एनएचपिसी लिमिटेडलाई दिने सम्झौता केही दिनअघि मात्रै भएको थियो । यी आयोजनाबाट एनएचपिसीले उत्पादन गर्ने विद्युत् एनएचपिसीले बिक्री गर्ने र पावर ट्रेडिङ कम्पनी(पीटीसी) इन्डियाले खरिद गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पश्चिम सेती ७५० मेगावाट क्षमताको र सेती नदि–६ ४५० मेगावाट क्षमताको आयोजना हो । यी आयोजनाबाट उत्पादन हुने कुल १२ सय मेगावाट विद्युत् उत्पादन हुन्छ ।

त्यही परिमाणाकाे बिजुली खरिद–बिक्रीको समझदारी पत्रमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हरियाणास्थित एनएचपीसी कर्पोरेट कार्यालयमा हस्ताक्षर गरेका छन् । यी दुवै भारतका सरकारी कम्पनी हुन् ।

यो आयोजना विकास गर्न एनएचपिसी लिमिटेडले १ अर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *