काठमाडौँ फन पार्कलाई बालेनकाे अल्टिमेटम : २४ घण्टामा कर नतिरे शिलबन्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई २४ घण्टामा सबै प्रकारका कर तिर्न निर्देशन दिएकाे छ ।

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र कर तिर्न ताकेता गरेकाे हाे । महानगरले पार्कलाई व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ ।

परिपत्रः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *