काठमाडौँ ४ बाट उम्मेदवार बन्न गगन थापाले दर्ता गरे आवेदन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न आवेदन दिएका छन् ।

थापाले बुधवार आवेदन दिएका हुन् । यसअघि थापाले कास्की १ बाट पनि उम्मेदवार दिएकाे समाचार प्रकाशित भएकाे थियाे तर उनले कास्कीमा आफूले उम्मेदवारी नदिएकाे स्पष्ट पारेका छन् ।

उनले कास्कीमा आफूले नभई आफ्ना शुभेच्छुकहरूले निवेदन दर्ता गरेकाे बताएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि थापा काठमाडाैँ ४ बाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *