सेयर बजारमा गिरावट कायमै, २१ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार घटेको छ ।

यस दिन सेयर बजार परिसूचक (नेप्से) २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा आइपुगेको छ । यस दिन १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८ सय ६१ रुपैयाँमा २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, दोर्दि हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, गणपति लघुवित्त, मैलुङ खोलालगायत कम्पनीको सेयर सबैभन्दा बढीले बढेको छ ।

यस दिन नेपाल दुरसञ्चार कम्पनीको सेयर सबैभन्दा बढी १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *