‘परमादेशबाट जसले सरकार बनाए, उनैले महाभियाेग लगाए’

काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले परामादेशबाट सरकार बनाउनेहरूले नै अाफूमाथि महाभियाेग लगाएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आफूविरुद्ध गत फागुन १ गते सत्तारुढ दलहरुले लगाएको महाअभियोग संविधानतः निष्क्रिय भइसकेको बताउँदै उनले जसलाई परमादेशले सरकारमा पठायो, उसैले आफूमाथि अन्याय गरेको गुनासो गरेका हुन् ।

उनले भने – ‘गठबन्धनको सरकार बनाउन परमादेश दिँदा पनि एउटा पक्षा असन्तुष्ट थियो । मैले गरेको फैसला एउटा पक्षबाहेक सबैले ठीक भने । यही गठबन्धनले पनि यो फैसला ठीक छ भन्यो । तर त्यो फैसला गर्ने अरु न्यायाधीश छाडेर महाअभियोग मविरुद्ध मात्रै किन लगाइयो ? अरू चारजनाविरुद्ध किन गरिएन ?’

उनले यो फैसलाका आधारमा खासमा आफूमाथि महाअभियोग एमालेले लगाउनुपर्ने समेत जिकिर गरे । उनले भने- ‘खासमा त्यस फैसलालाई लिएर महाअभियोग त एमालेले लगाउनुपर्ने हो तर यही कुरा मिलेन । परमादेशबाट सन्तुष्टहरुले नै मविरुद्ध महाअभियोग लगाए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *