कानुनतः महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मान गर्न मात्रै आएँ : जबरा

काठमाडाैँ । महाभियाेगकाे समाना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चाेलन्द्र शम्शेर जबराले अाफूमाथिकाे महाभियाेग प्रस्ताव निष्क्रिय भइसकेकाे बताएका छन् ।

उनले बुधबार महाभियाेग सिफारिस समितिलाई बयान दिँदै यस्ताे बताएका हुन् ।

उनले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गरेका हुन् ।

नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उनको तर्क थियाे । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र ‘राजनीतिक’ भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताए ।

उनले प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको समेत दाबी गरे ।

‘म विधि र पद्धतिबाट आएको हुँ । पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ’, उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *