गणेशको पूजा गरी गणेश चतुर्थी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल चतुर्थीका दिन बुधवार गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइएको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । गणेश चतुर्थीका अवसरमा काठमाडौँ कमलादीस्थित गणेश मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

काठमाडौँ उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमल विनायक, लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहँदै आएको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गणेश पुराणमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =