जिल्ला अदालत काठमाडाैँले खाली गर्याे फुटपाथ
२०७९ भदौ १५ गते

काठमाडौँ । अतिक्रमित संरचना तथा सार्वजनिक क्षेत्र खाली गराउने बालेनकाे अाक्रामक नीतिपछि काठमाडौँ जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ ।
अदालतले विभिन्न मुद्दाको शिलशिलामा पक्राउ तथा जफत भएर दसी प्रमाणका लागि अदालत अगाडिकाे सडकपेटीमा राखिएका सवारी साधनहरू हटाइएको हाे । ती सवारीसाधन लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका थिए ।
काठमाडौँ महानगरपालिकाले जनाएअनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








