गणेश चतुर्थी : चन्द्र विनायकमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौँ । आज भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथि, आजको दिनलाई हिन्दु धर्ममा गणेश भगवानको जन्म भएको दिनको रूपमा पुजिँदै आइएको छ । यस दिनलाई सिद्धिविनायक अर्थात् गणेश चौथीको नामले समेत चिनिन्छ ।

भगवान् गणेश हिन्दुहरूको प्रथम पूज्य देवता हुन् । सनातन हिन्दु धर्मावलम्बीहरू गणेशलाई पञ्चदेवताहरुमा प्रमुख स्थानमा राखी पुज्दछन् । आजको दिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई श्रद्धा भक्ति पूर्वक पूजा, अर्चना गर्दै भगवान् गणेशलाई मन पर्ने लड्डुको भोग लगाउने गर्दछन् ।

यसदिन भगवान् गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । आजकै दिन नेवार समुदायमा चथाः पर्व मनाउने प्रचलन छ । चथाः पर्वमा साँझमा भगवान् गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ ।

यस दिन काठमाडौँ उपत्यकालगायत नेवार समुदाय रहेको स्थानमा बिहानै घर सफा सुग्घर गरी गाईको गोबरले भुईँ लिपपोत गर्ने गर्दछन् । गेडागुडीलाई विशेष महत्त्व दिइने यस दिन चोखो गरेर मकै, भटमास, गौं, केराउ, चना, बदाम, बकुला, बोडी, सिमी, मास लगायतका सामग्री भुटेर तयार पारिन्छ ।

यो पर्वमा आरुको बियाँ पनि भुटने चलन छ । यसदिन काठमाडौँ उपत्यकाका ४ गणेश लगायत कमलादीस्थित गणेशमन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *