सिट बाँडफाँट टुंग्याउने तयारीमा सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक बस्दैछ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । शीर्ष नेताहरूको बैठक अगाडि आजै दलहरूले आ-आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन् ।

नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ । बैठकले कांग्रेसले कति सिट राख्ने भन्ने विषयमा पार्टीको एकीकृत धारणा तय गर्नेछ ।

सिट बाँडफाँटका लागि दलहरूले ११ सदस्यीय कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सहमति जुटाउन नसकेपछि पुनः शीर्ष तहले नै निर्णय गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *