मुक्तिनाथ कृषि कम्पनीद्वारा एकसाथ ८ सहायक पब्लिक कम्पनीको उद्घाटन (भिडिओ सहित)

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीद्वारा एकसाथ ८ सहायक पब्लिक कम्पनीको उद्घाटन गरेको छ । कम्पनी चौथो वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार एकसाथ ८ कम्पनी स्थापना गरिएको कम्पनीले जनाएको छ ।

मुक्तिनाथले सिड बैंक, फर्टिलाइजर, नर्सरी, लाइभस्टक, हर्वल, फूड, एग्रो मेसिनरी र ट्रेडिङ गरी कृषिअन्तर्गत ८ ओटा विधागत पब्लिक कम्पनी स्थापना गरेको हो । चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले स्थानीय कम्पनी, फर्म, एग्रोभेट, कृषक समूह तथा सहकारीहरुसँग संस्थागत सहकार्य गर्नेसमेत जनाएको छ ।

यी सहायक कम्पनीहरूमा ८० प्रतिशत सेयर मुक्तिनाथकाे र २० प्रतिशत सर्वसाधारणकाे सेयर लगानी रहने कम्पनीले जनाएकाे छ ।

मुक्तिनाथ कृषि कम्पनीले कृषि उपजको बजारीकरणका साथै उपभोक्तालाई खाद्य वस्तु र कृषि उपकरण उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले हाल व्यावसायिक साझेदार निर्माण गरी ६२ जिल्लाका कृषकलाई सेवा दिइरहेको छ।

वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ कृषिले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यावसायिक साझेदार गर्ने कम्पनीलाई पुरस्कृतसमेत गरेको छ।

यस अवसरमा गणपति एग्रिकल्चर प्रालि, धादिङले गत वर्षको उत्कृष्ट व्यावसायिक साझेदार पुरस्कार जितेको छ।

जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुले उदाउँदो व्यावसायिक संस्थाको पुरस्कार, तमोर कृषि भण्डार, झापाले दीगो व्यावसायिक साझेदार पुरस्कार र भ्यूटावर तरकारी पकेट, काठमाडौँले उत्कृष्ट कृषक समूह पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *