रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा चार्जिङ स्टेसन स्थापना गरेकाे छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनकाे उद्घाटन गरेकी हुन् । स्टेसन रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय कार्यालयमा राखिएकाे हाे ।

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

पहिलाे चरणमा ५१ वटा चार्जिङ स्टेसनहरू स्थापना गरिन लागिएकाे मन्त्री भुसालले जानकारी दिइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *