गरिमा विकास बैंकले ल्यायो ‘गरिमा मालामाल मुद्धती योजना’

काठमाडौँ । विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

महामारीपछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीको जीविका झनै खर्चिलो भएकोले कम ब्याजदरमा बचत गर्न नचाहेको अवस्थामा बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना ल्याएको जनाएको छ ।

योजनाले भावी दिनमा आम नेपालीको जिविका सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

बैंकले देशभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *