नेपाल र केन्याबीच निर्णायक खेल आज

काठमाडाैँ । नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टि२० आई खेल खेल्दैछ ।  नेपाल र केन्याको खेल आज अपराह्न ३ः४५ बजे नैरोबीमा हुनेछ ।

पाँच खेलको श्रृंखलामा नेपाल र केन्याले दुई दुई खेल जितेका छन् । आजको खेल जित्ने टोलीले श्रृंखला जित्नेछ ।

पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले हारेको थियो भने तेस्रो खेल चार विकेटले जितेको थियो ।

हिजो भएको चौथो खेलमा नेपाल केन्यासँग सात रनले पराजित भएको छ । आज दुवै टोली श्रृंखला जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *