जङ्गली हात्तीको आक्रमणबाट बालिकाको मृत्यु
२०७९ भदौ १३ गते

फाइल तस्बिर
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाँटा नपा–७ सिमलफाँटाका १० वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।
हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








