प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने – नागरिकता विधेयक ओली सरकारको अध्यादेशजस्तै छ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका पदाधिकारीहरूले भेट गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो २ बजे प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा र कांग्रेस नेताहरूसँग शीतल निवासमा भएको भेटमा उनले नागरिकता विधेयकका विषयमा चासो राखेकी हुन् ।

राष्ट्रपतिको जिज्ञासामा प्रधानमन्त्री देउवाले पूर्व सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक ल्याएको बताएको भेटमा सहभागी एक नेताले बताए ।

उनले भने, ‘नागरिकताको बारेमा उहाँ (राष्ट्रपति) का केही जिज्ञासाहरू थिए। प्रधानमन्त्रीले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको प्रस्ट पार्नुभयो ।’

त्यस्तै राष्ट्रपतिले आवधिक निर्वाचनबारे समेत चासो राखेकी थिइन् । भेटका क्रममा राष्ट्रपति भण्डारीले निष्पक्ष चुनाव होस् भन्ने सदिक्षा व्यक्त गरेकी थिइन् ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की शीतल निवास गएका थिए ।

यसअघि संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेकी थिइन् । त्यसपछि प्रतिनिधि सभाले उक्त विधेयक हुबहु पारित गरेको थियो । विधेयक अहिले राष्ट्रियसभामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *