गठबन्धनका दलहरूमा एक्लाएक्लै चुनाव लड्ने सामर्थ्य छैन : पाेखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् ।
सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा पोखरेलले एमालेसँग एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्राउने तयारी भएको बताएका हुन् । उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिँडेको तर्क गरे ।
त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे । आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उनको भनाई छ । उनले नागरिकता विधेयकका कतिपय विषयहरू राष्ट्रियता विरोधी रहेकाले आफूहरूको विरोध रहेको जिकिर गरे ।
पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राखे ।








