दोस्रो दिन जम्मा ३ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक झिनो अंकले बढेको छ ।

यस दिन जम्मा ३.७६ अंकले बजार बढेर १९९३.०२ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक १.७७ अंकले बढेर ३८७.४६ बिन्दुमा पुगेको छ ।

यस दिन १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँमा ३४ लाख ४० हजार ९ सय कित्ता सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, माइक्रोफाइन्स, म्युचुअल फण्ड र इन्भेस्टमेन्टबाहेक अरु समूहको समूहगत सूचक ओरालो लागेको छ ।

यस दिन १११ कम्पनीको सयर मूल्य बढेको छ । ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *