तीजको अवसरमा प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’, नारीलाई विशेष छुट

काठमाडौँ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

‘यो तीजमा प्रभु क्यापिटलको उपहार एएमसीमा छूटको बहार’ भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद« १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्क एएमसीमा १०० प्रतिशत नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो । सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

यो योजना महिलालाई केन्द्रित गरी ‘महिलालाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक वर्षअघि तिजकै अवसर पारी सञ्चालनमा ल्याइएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

त्यसैगरी ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *