प्रतिनिधिसभा उम्मेदवारमा बाजुराबाट युवा संघका अध्यक्ष शाही सिफारिस

काठमाडौँ । युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाही आगामी मङ्सिर ४ मा हुने चुनावका लागि बाजुराबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादी बाजुराको विस्तारित बैठकले शाहीलाई प्रतिनिधिसभा सदस्यको एकल उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको हो ।

बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क)मा केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीलाई सिफारिस गरेको छ । प्रदेश (ख)का लागि केन्द्रीय सदस्य गगन रावल र मनदेवी साउद खड्कालाई सिफारिस गरिएको सचिवालय सदस्य धर्म शाहीले जानकारी दिए ।

सङ्घीय समानुपातिकतर्फ काँशी नेपाली, दावा गुरुङ भोटे र सत्य खड्का थापालाई सर्वसम्मत सिफारिस गरेको छ । प्रदेश समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकलाई सिफारिस गरेको छ ।

बैठक नेकपा एस बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको थियो । बैठकले स्थानीय चुनावको समीक्षा र कार्यान्वयन आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघको चुनावको तयारी, उम्मेदवार सिफारिस लगायतका विभिन्न निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *