माछापुच्छ्रे बैंक र फाेकसवान पेमेन्ट सोलुसन्स् प्रालि बीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बैंकका ग्राहकले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १ हजार ५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभिजा, अलिपे र युनियन पेसँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआर बाटै भुक्तानी लिन सक्नेछन् ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याइरहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *