विनर लिकरको आधिकारिक वितरकमा एसपीजी ट्रेडिङ

काठमाडौँ । नेपालका लागि विनर लिकरको आधिकारिक वितरकमा एसपीजी ट्रेडिङ नियुक्त भएको छ।

एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हुन् । उनी अब रोयल स्ट्याग र विनर लिकर्सले भविष्यमा उत्पादन गर्ने सिग्राम ब्राण्डहरू उत्पादनका लागि वितरक नियुक्त भएका हुन् ।

विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, विश्वको अग्रणी अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो ।

कार्यक्रममा विनर लिकर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित कोहलीले भने, ‘विनर लिकर र एसपीजी ट्रेडिङको सहकार्यले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिनेछ । यसले साँच्चै दुवै, कम्पनी र पर्नोड रिचार्डलाई एक उच्च श्रेणीको पदमा राख्नेछ । शारदा ग्रुपसँगको हाम्रो असोशियसनले रोयल स्ट्याग र भविष्यका ब्रान्डहरुका लागि पनि नयाँ कोसेढुङ्गा ल्याउनेछ भन्ने मलाई दृढ विश्वास छ ।’

गौरव शारदा (एसपीजीका अध्यक्ष)ले पनि यस विशेष अवसरमा भने, ‘हामी एसपीजी ट्रेडिङ, विनर मदिरा उद्योग प्रालिसँग हात मिलाउन पाउँदा र सँगसँगै सीग्राम ब्रान्डको रेन्ज जस्तै रोयल स्ट्याग जस्तालाई नेपालमा उपभोक्ताहरु माझ पुर्याउन र वितरण गर्न उत्साहित छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *