पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँट

काठमाडौँ । पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । आइतबार भएकाे बाँडफाँट अनुसार २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार ६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२ लाख ९४ हजार ६८२ कित्ता शेयर बाँडफाँट गरिएको हाे ।

प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदक मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी योग्य आवेदन १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार ६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२ लाख ९४ हजार ६८२ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएकाे छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा जारी गरेको कूल २४ लाख ६७ हजार ४ सय कित्ता सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ७.३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरेको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *