हाम्राे पार्टी अन्याय र अत्याचारमा परेका जनताकाे पक्षमा लड्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् ।

आइतबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका हुन् ।

उनले कम्युनिस्ट पार्टी जनताको निम्ति र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिए । त्यस्तै उनले निस्वार्थ भावनाले काम गर्न र व्यक्तिवाद हाबी हुन नदिन सुझाव पनि दिए । मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका पार्टीको एजेन्डा लिएर जान उनले निर्देशन दिए ।

अध्यक्ष नेपालले परिणाम नआएसम्म समग्र पार्टी पङ्तीको मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =