आइतबार नेप्से ३३ अंकले घट्यो, २ हजार बिन्दुबाट तल ओर्लियो सूचक

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२७ विन्दुमा झरेको छ ।

खासगरी आइतबार बजारमा बिक्रीको चाप देखिएपछि बजार घटेको हो । यस दिन दिन २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।

यस दिन ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।

रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । अपर हेवाखोला जलविद्युतको ०.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.२९ प्रतिशतले घटेको छ।

आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १९ लाख र रिडि पावरको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *