सिजी नेटसँग १ वर्षमा ७ सहरका ४० हजार ग्राहक जाेडिनुभयाे : निर्वाण चौधरी

काठमाडौँ । आजको दिन सिजी नेटको मात्रै नभएर आजको दिन सिजि टेक्नोलोजीको दिन हो । आजको दिनमा सिजिले आफ्नो देशका आफ्ना ग्राहककालाई प्रविधिक उत्पादन मात्रै उपलब्ध गराइरहेको छैन कि विश्वकै उच्स्तरीय प्रविधि, सेवा र सुविधा पनि उपलब्ध गराउने भिजन सहित अघि बढिरहेको छ ।

झण्डै १० वर्ष भयो (सरकारबाट) हामीले आइटी एन्ड कम्युनिकेशन स्पेस प्राप्तिको चाहना राखेको । तर, अहिलेसम्म हामीले त्यो स्पेश पाउन सकेका छौँ । किन पाएनौँ यो छुट्टै विषय होला तर जे होस् हामीले पाएनौँ । हामीले नयाँ क्षेत्र(टेलिकम्युनिकेशन) क्षेत्रमा जाने लाइसेन्स पाएनौँ । यो त्यति दुःखको कुरा होइन, जति १५ वर्षभन्दा बढी समयदेखि नेपालीले यस क्षेत्रकै सबैभन्दा बढी मूल्य टेलिकम सेवा लिन बाध्य छन् । हाम्रो देशका इन्टेरनेटको पहुँच, स्मार्ट फोनको पहुँच कम हुनु दुःखको कुरा हो । हाम्रा टेलिकम सेवा प्रदायकले असाध्यै धेरै मुनाफा लिएर सेवाग्राहीलाई महँगोमा सेवा दिनु दुःखको कुरा हो । दक्षिण एसियामै मात्रै होइन विश्वमै यतिधेरै नाफा कुनै देशका टेलिकम कम्पनीले लिन पाएका छैनन् ।

भारत एक्लैको कुरा गर्ने हो भने त्यहाँ इन्टरनेट डाटा सेवा र टेलिकम्युनिकेशन सेवाको पहुँच विस्तार, गुणस्तरीय र सस्तो बनाउन जिओ टेलिकम कम्पनीले निकै महत्वपूर्ण भूमिका खेलेखको देखिन्छ । बितेको ४ वर्ष अघि जम्मा २ प्रमुख कम्पनीले सञ्चालन गरिरहेको मोबाइल इन्टरनेट(डाटा) सेवा र टेलिकम्युनिकेशन सेवा दिन अहिले झण्डै ५५ ओटा कम्पनी अघि बढेका छन् ।

हामीले मोबाइल फोन सेवा सञ्चालनका लागि अनुमति नपाए पनि मलाई के कुरामा गर्व लागेको छ भने हामीले इन्टरनेट सेवा प्रदान गर्ने अनुमति पाएका छौँ । यो क्षेत्रमा हामीले एफटीटीएच (फाइबर टु द होम) ल्याउन सकेका छौँ ।

हामीले यो क्षेत्रमा आउँदा ४० जति कम्पनीले इन्टरनेट सेवा प्रदान गरिरहेका थिए । त्यसताका ३० एमबीपीएस स्पिड इन्टरनेटको १५ सय रुपैयाँभन्दा बढी थियो । त्यसो हुँदा हामीले त्यतिबेला पनि नेपालमा कम मूल्यमा बढी स्पिडको इन्टरनेट दिन सकिन्छ भनेर हामी लाग्यौँ । त्यसपछि बजारमा चलेको मूल्यभन्दा एक तिहाइ सस्तोमै ४ गुणा बढी स्पिडको इन्टरनेट सेवा हामीले दिन थाल्यौँ । त्यसबेला मलाई धेरै मानिसले आश्चर्य मानेर सोध्नु भएको पनि थियो ।

यो कसरी संभव भयो ? तपाइँको कम्पनी घाटामा जान्छ भनेर पनि मलाई भन्नु भयो । तर, हामीले विश्व बजारका उत्कृष्ट प्रविधियुक्त इन्टरनेट सेवा सस्तोमै दिन सक्यौँ । सेवा सञ्चालनमा ल्याएको एक वर्षको यो अवधिमा हामीले सेवा प्रदायकलाई डिस्ट्रर्ब गरेका छैनौँ । तर, विश्वस्तरीय प्रविधियुक्त उच्च गुणस्तरको इन्टरनेट सुपथ मूल्यमै प्रयोग गर्न सक्ने वातावरण उपभोक्ताका लागि तयार गरेका छौँ ।

सञ्चालनमा आएको १ वर्षमै हामीले देशका विभिन्न ७ सहरमा हाम्रो सेवा विस्तार गर्न र ४० हजारभन्दा बढी ग्राहकलाई हाम्रो इन्टरनेट सेवामा जोड्न सकेका छौँ । आगामी दिनमा हामी हाम्रो सेवालाई अझ विस्तारित रुपमा अघि बढाउने छौँ । (सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी टेक २२ वार्षिक कार्यक्रममा व्यक्त गरेको विचार)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *