गठबन्धनको नाममा महिला पछि पर्दैनन् : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको नाममा महिलाहरू पछि नपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघले आयोजना गरेको आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता कसरी भन्ने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सक्षम र नेतृत्व गर्ने सक्ने महिलाहरूको निर्वाचनमा सहभागिता हुने कुरामा विश्वस्त रहनुहोस् । गठबन्धन भनेको जनताको आवश्यकतामा बनेको हो । यसमा महिलाको सम्मान पूर्वक सहभागी हुने छ ।’

उनले विभिन्न कालखण्डमा महिलाले खेलेको भूमिका देशको राजनीतिमा छर्लङ्ङै देखिएको भन्दै सहभागीमा कमी नआउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्युनिस्ट नेता वामदेव गौतम तथा माओवादी नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =