सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौँ । सीजीनेटमा अब इन्टरनेटसँगै आईपीटिभी पनि उपलब्ध हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि ‘सीजीनेट जोडी’ नामक अफर अन्तर्गत इन्टरनेट र आईपीटिभी सेवा ल्याएकाे घोषणा गरेको हाे ।

कम्पनीले एक कार्यक्रम आयोजना गर्दै यस अफर अन्तर्गतका तीनओटा प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेजमा ‘स्प्रिन्टर जोडी’, ‘पपुलर जोडी’ र ‘रकस्टार जोडी’ रहेका छन् ।

कम्पनीका अनुसार ‘स्प्रिन्टर प्याकेज’को ८० एमबीपीएस इन्टरनेट सहितको आईपीटिभीको मासिक शुल्क ८१० रुपैयाँ ताेकिएकाे छ । त्यस्तै ‘पपुलर प्याकेज’ अन्तर्गत १५५ एमबीपीएस इन्टरनेट सहित आईपीटिभीको मासिक शुल्क १०५५ रुपैयाँ निर्धारण गरिएकाे छ ।

अर्काे प्याकेज ‘रकस्टार जोडी’को ३०५ एमबीपीएस इन्टरनेटसहित आईपीटिभीको मासिक शुल्क १३७४ रुपैयाँ तोकिएको छ । यसैगरी ‘स्प्रिन्टर प्याकेज’को त्रैमासिक शुल्क २,६४० रुपैयाँ, ‘पपुलर प्याकेज’को १२,६६० रुपैयाँ र रकस्टार जोडी प्याकेजको १६,४८८ रुपैयाँ तोकिएको छ ।

वार्षिक सब्सक्रिप्सनको लागि भने ‘स्प्रिन्टर जोडी’को ९७२० रुपैयाँ, पपुलर जोडीको १२,६६० रुपैयाँ र रकस्टार जोडीको १६,४८८ रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनीले उपलब्ध गराउने आईपीटिभीमा १२५ एचडी च्यानलसहित कुल २५७ ओटा टिभी च्यानल रहेका छन् । यसै क्रममा कम्पनीले ‘सीजीनेट ग्रान्ड जोडी अफर’ पनि घोषणा गरेको छ ।

यस अन्तर्गत प्रयोगकर्ताले ‘सीजीनेट जोडी’ प्याकेजसहित सीजीको टेलिभिजन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *