किरात राई यायाेक्खा भक्तपुरमा नयाँ कार्यसमिति चयन

भक्तपुर । किरात राई यायाेक्खा जिल्ला कार्यसमिति, भक्तपुरकाे अध्यक्षमा चन्द्रकुमार राई चयन भएका छन् । कार्यसमितिकाे भदाै ११ गते सम्पन्न पाँचाै अधिवेशनले राईकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षहरूमा जमिन राई र बालकुमार राई रहेका छन् भने सचिवकाे जिम्मेवारी रत्नबहादुर राईले पाएका छन् । यस्तै सह-सचिवमा चन्द्रशेर राई चयन हुँदा कहरमान राईले काेषाध्यक्ष र रुपलक्ष्मी (कोपिला) राईले सह-काेषाध्यक्षकाे जिम्मेवारी पाएका छन् । यस्तै अन्य १२ जना सदस्यहरू चयन भएका छन् ।

निवर्तमान अध्यक्ष भीमबहादुर राईको अध्यक्षता र किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सह-कोषाध्यक्ष परशुराम राई र केन्द्रीय सदस्य राकेश चाम्लिङ राई रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जीवन हाताचो राईले प्रदेश नं. १ काे नाम किरात प्रदेश रहनुपर्ने दाेहाेर्‍याए । त्यसका लागि केन्द्रीय कार्यसमिति र मातहतका संस्थाहरूले बारम्बार सभा, सम्मेलन, र्‍याली निरन्तर गरिरहेको उल्लेख गर्दै नेपाल सरकारलाई सबैले घच्घच्याउन आह्वानसमेत गरे ।

निवर्तमान सचिव जमिन राईले संस्थाका हालसम्मका प्रगति विवरण प्रस्तुत गर्दै हाल भक्तपुर जिल्ला मातहतका ४ नगरकमिटीअन्तर्गत ७ वटा सक्रिय कमिटी गठन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =