अपराध-सुधार पुस्तक लोकार्पण !

काठमाडाैँ । अपराध-सुधार पुस्तक लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम भदाै १० अनामनगरकाे क्वीन्स् किचनमा सम्पन्न भएकाे हाे ।
अपराधमुक्त समाजको अपेक्षा र स्वच्छ मानवीय सभ्यताको उद्देश्य राखेर ११२ जना कविहरूद्वारा रचित कविता सङ्ग्रहलाई नाफा म्याडीसन साहित्य, विसकनसिन, अमेरिकाले प्रकाशन गरेको हाे । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा थिए भने विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल थिए । अन्य अतिथिहरूमा सीमाविद् दुद्विनारायण श्रेष्ठलगायत थिए ।
लोकार्पित पुस्तक ‘अपराध-सुधार’ बाट पाँचजना कविहरू ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल शेखर ढुङ्गेल सुमन वर्षाले कविता वाचन गरे । प्रकाशनको रचना गर्भबारे अपराध-सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पारे । प्रमुख अतिथि केदारभक्त माथेमाले नेपालमा भ्रष्टचार कल्चरकोरूपमा विकास भएको बताए । यसलाई तोडन साहित्यकार लेखक र कलमवालाले रचनाद्वारा विरोध र प्रतिरोध गर्दै समाज जागृत गर्नुपर्ने धारणा उनकाे थियाे भने भ्रष्टचारका अनेकन रूप परिकार र स्वभावको चर्चा गर्दै प्राडा. खगेन्द्रप्रसाद लुइटेलले समयको महत्त्व र गरिमा भुल्नु पनि भ्रष्टचार रहेको दृष्टान्त पेश गरे ।
लोकार्पण गरिएको अपराध-सुधार पुस्तकका प्रधान सम्पादक डा. गाेविन्द सिंह रावतलगायत अन्य नौ जना सम्पादक मण्डलमा रहेका थिए ।








