कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा १ सय सिट भन्दा कम लिएर गठबन्धन मार्फत निर्वाचनमा जान नसकिने बताएका छन्।

अहिले देशको प्रतिकुल अवस्था रहेकाले गठबन्धनलाई स्विकारेर निर्वाचनमा जानुपरेको समेत प्रष्ट पारे। कोइरालाले भने-“कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानुपरेको हो।”

नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे। उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु- डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला पुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पुर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *