कुशे औँसी

गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्बिरहरू)

काठमाडाैँ । हिन्दु धर्म अनुसार कुशे औँसी भाद्र कृष्ण औँसीका दिन मनाइने चाड हो । कुशे औँसीमा बुबाको मुख हेर्ने, बुवालाई विशेष सम्मान गर्ने र बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्डदान र जलदान गर्ने परम्परा रहिआएको छ ।

यसदिन काठमाडौँको गोकर्णेश्वरमा श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भिड लाग्दछ । त्यसैले कुशे औँसीलाई गोकर्ण औँसीसमेत भनिँदै आएको छ ।

कुशे औँसीका दिन हिन्दु धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेको कुश, पुरोहितहरूले यजमानहरूको घरघरमा पुर्‍याउने परम्परा पनि रहिआएको छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *