काठमाडौं ६ मा एकीकृत समाजवादीबाट लक्ष्मण बिडारीको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६ ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६को क्षेत्रीय कमिटीले शुक्रबार प्रतिनिधि सभामा लक्ष्मण प्रसाद बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

बिडारी सो क्षेत्रीय कमिटीका अध्यक्ष समेत हुन् । यस्तै काठमाडौं क्षेत्र नम्बर ६ वागमति प्रदेश सभा क को उम्मेदवारमा अर्जुनलाल प्रधान समेत सर्वसम्मत सिफारिस भएका छन् । ठमेलका स्थानीयवासी समेत रहेका प्रधानको नाम यसअघि नै चर्चामा थियो । समानुपातिकतर्फ रजुला जोशीको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश सभा ख मा प्रदीप केसी, राजु बस्नेत, रघुनाथ तिमल्सिना, गौरी शंकर राणा, पुरुषोत्तम आचार्य र मन्जु खड्काको नाम सिफारिस भएको छ । सर्वसम्मत उम्मेदवारको नाम चयन हुन नसकेपछि जिल्ला कमिटीले टुंगो लगाउने गरी उनीहरुको नाम सिफारिस भएको बताइएको छ ।

समानुपातिकतर्फब पनि प्रदेश ख मा शमशेर बहादुर गाईंजु, रामशरण वाग्ले र कविता घिमिरेको नाम सिफारिस भएको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको मिति तोकेको छ ।

निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिले अन्तिम रुप प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =