सिटिजन लाइफको ‘लिडर्स नाइट २०२२’ सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण २०७९ साल भाद्र ९ गते बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडर, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भयो ।

सिटिजन लिडरको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्न सिटिजन लिडरलाई प्रेरित गरे ।

कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याईपुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियान; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्नेमा विश्वस्त रहेको बताए ।

समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *