सानिमा बैंकले ल्यायाे बुवाको मुख हेर्ने दिनमा विशेष छुट योजना

काठमाडाैँ । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।

उक्त छुट ग्राहकले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान)बाट साझेदारी मर्चेन्टमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकले सानिमा मोबाइल बैंकिङ्गबाट क्युआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भदौ ११ गते मात्र लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ ।

सानिमा बैंको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *