नबिल बैंकद्वारा मोबाइल वितरण संघसँगको सहकार्यमा अन्तरक्रिया

भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्सिङ, क्युअार मर्चेन्ट र फाेनलाेनबारे छलफल गरेकाे थियाे ।

कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझाैला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलाप जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रम ल्याएको जानकारी गराए । उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ । नबिल फाेन लाेनले अब क्युअार व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसैगरी उनले क्युअार व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्युअार र क्रेडिट कार्डमार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफर बारे जानकारी गराए ।

कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यका रुपमा नेपाल प्रहरी भक्तपुरका प्रहरी निरीक्षक सुजन केसी, नेपाल माेबाइल वितरक संघका अध्यक्षा दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति थियाे । संवाद कार्यक्रमको सञ्चालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *