प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।

प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगञ्ज तथा टोखाका शाखाबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा भिडिओ केवाईसीमार्फत मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *